नेपाल ओमानबीचको खेल जारी, नेपाल टस जितेर ब्याटिङमा

खेलकुद

काठमाडौ– आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेल ओमान र नेपालबीच किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी छ । टस जितेर नेपालले अहिले ब्याटिङ गरिरहेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ओमानलाई बलिङको निम्तो दिएका हुन् ।
नेपालको टिममा एक जनालाई परिवर्तन गरिएको छ । दीपेन्द्र सिंह ऐरीको स्थानमा सन्दीप जोरालाई ल्याइएको हो । समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो । नेपालको टिममा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, सोमपाल कामी, करण केसी, विवेक यादव, अभिनाश बोहोरा, सन्दीप लामिछाने र गुल्शन झा छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट