नेपाल पाकिस्तानसँग पराजित

खेलकुद

काठमाडौं । एसीसी यु-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको एक सय ५३ रनको लक्ष्य पाकिस्तानले २६ ओभर २ बलमा ३ विकेट गुमाएर भेट्टायो ।
पाकिस्तानका आजन आविस ५६ रनमा अविजित रहे । कप्तान साद बेग ५० रनमा आउट भए । मोहम्मद जिशान २० रनमा अविजित रहे । नेपालका गुलशन झाले २ र आकाश त्रिपाठीले एक विकेट लिए ।
त्यसअघि यूएईमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४७ ओभर २ बलमा एक सय ५२ रन बनाउँदा अलआउट भयो । नेपालका विकेटकिपर उत्तम थापा मगरले अर्धशतक बनाए ।
उनी ७६ बलमा ५१ रन बनाएर आउट भए । प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् । नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान छन् ।
नेपालले दोस्रो खेल आइतबार अफगानिस्तानसँग र तेस्रो खेल २६ गते भारतसँग खेल्नेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट