`

रौतहटमा बिजुलीको तार चुँडिएर खस्दा खेत जोत्दै गरेका किसानको मृत्यु

Nepal One HD २३ मंसिर २०८० १७:५२
समाज

रौतहट । बिजुलीको तार चुँडिएर खस्दा रौतहटमा एक किसानको मृत्यु भएको छ । शनिबार खेत जोत्दै गरेका माधव नारायण नगरपालिका–७ लौकाहाका ५५ वर्षीय बैजु पण्डितको करेन्ट लागेर मृत्यु भएको हो ।

खेत जोतिरहेका उनीमाथि ११ के.भी लाइनको बिजुलीको तार चुँडिएर खस्दा उनीसहित एउटा गोरूको पनि मृत्यु भएको हो । एउटा गोरू भने भागेर जोगएको छ ।


प्रतिक्रिया