नेपाल सुपर लिगमा बुटवलको जित


काठमाडौं । नेपाल सुपर लिगमा बुटवल लुम्बिनी एफसी तेस्रो स्थानमा उक्लेको छ । शनिबार भएको दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेर्जसलाई २–१ गोलले पराजित गर्दै बुटवल तेस्रो स्थानमा उक्लेको हो ।
बुटवलको पाँच खेलबाट सात अंक रहेको छ । समान ८–८ अंक रहेको धनगढी र पोखरा थन्डर्स क्रमस पहिलो र दोस्रो स्थानमा रहेका छन् । खेलको २९ औं मिनेटमा स्टेफेन समिर विनोङले गोल गर्दै बुटवललाई सुरुवाती अग्रता दिलाएका थिए ।पहिलो हाफमा एक गोलको अग्रता लिएको बुटवलले दोस्रो हाफमा थप एक गोल गर्दा काठमाडौंले एक गोल फर्काएको थियो । खेलको ६१ औं मिनेटमा बुटवलका जिलेप्सी जंग कार्कीले उपलब्ध गराएको बलमा कप्तान एरिक विष्टले फस्ट टचमै गोल गरे ।खेलको अतिरिक्त समयको छैटौं मिनेटमा काठमाडौंले एक गोल फर्काएको थियो । काठमाडौंका लागि राजिव लोप्चनले गोल गरेका हुन् । खेलको अन्तिम समयमा बुटवलका प्रकाश बुढाथोकीले गरेको गोललाई रेफ्रिले अफसाइड दिएका थिए ।पराजयसँगै साविक विजेता काठमाडौंको अपराजित यात्रामा ब्रेक लागेको छ । पहिलो हार ब्यहोरेको काठामाडौंले ४ खेलमा ५ अंकसहित पाँचौं स्थानमा रहेको छ ।