अफगानिस्तानद्वारा नेपालसामु २६२ रनको चुनौति

खेलकुद

काठमाडौ । एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ । दुबईको आइसिसी ओभल–२ मा टस जितेको नेपालले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा २६१ रन बनाएर अल आउट भएको हो ।
अफगानिस्तानका जाम्सीद जार्दानले शतक प्रहार गरेका थिए । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । उता, अफगानिस्तान पनि भारतसँग ७ विकेटले पराजित भएको थियो । सेमिफाइनल सम्भावना जिवित राख्न दुवै देशलाई आजको खेल जित्नुपर्ने हुन्छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट