`

यू–१९ एसिया कप, टस हारेर नेपाल ब्याटिङमा

Nepal One HD २६ मंसिर २०८० ११:३०
खेलकुद

काठमाडौ । यू–१९ एसिया कप अन्तर्गत भारतसँगको खेलमा नेपालले अहिले ब्याटिङ गरिरहेको छ । दुबईस्थित आइसिसी एकेडेमी ओभल–२ मा जारी खेलमा भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले सुरूवाती ब्याटिङ थालेको हो ।
समूह ‘ए’ मा रहेको भारत र नेपाल दुबैले आज समूह चरणको अन्तिम खेल खेल्दै छन् ।

यसअघि समूह चरणको दुई खेलमा भारतले अफगानिस्तानसंग जित र पाकिस्तानसंग हार बेहोरेको थियो । यता, नेपाल भने समूह चरणको दुबै खेलमा पराजित भएको थियो । नेपाल अफगानिस्तानसँग ७३ रन र पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।


प्रतिक्रिया