`

नेपाल सुपर लिगमा चितवनलाई हराउँदै धनगढी शीर्ष स्थानमा

Nepal One HD २८ मंसिर २०८० १९:३३
खेलकुद

काठमाडौं । एफसी चितवनलाई हराउँदै धनगढी एफसी नेपाल सुपर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा भएको खेलमा धनगढीले चितवनलाई १–० गोलले पराजित गरेको हो । धनगढीका अफिज ओलावालेले खेलको दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

चितवनले खेलको पहिलो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा पेनाल्टीको अवसर पाए पनि विमल घर्तीमगरले गोल गर्न सकेनन् । यो जितसँगै शीर्ष स्थानमा रहेको धनगढीले ५ खेलमा ११ अङ्क जोडेको छ । धनगढीमा प्रतियोगितामा अहिलेसम्म अपराजित छ । चितवन ६ खेलमा ५ अङ्कसहित तालिकाको ७ औँ स्थानमा छ ।


प्रतिक्रिया