`

नेपाल सुपर लिगमा पोखरा थन्डर्स विजयी

Nepal One HD ३० मंसिर २०८० १६:४५
खेलकुद

काठमाडौं । नेपाल सुपर लिग पोखरा थन्डर्स विजयी भएको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा पोखराले वीरगञ्ज युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै पोखरा ११ अंकका साथ शीर्ष स्थानमा रहेको धनगढी एफसीसँग बराबरी गरेको छ । पोखरा दोस्रो स्थानमा उक्लदा पराजित भएको वीरगञ्ज भने आठौं स्थामा रहेको छ ।

पोखराले छैटों मिनेटमा अग्रता लिएको थियो । पोखराका लागि जोए आइडुले गोल गर्दै अग्रता दिलाएका थिए । आयुष घलालने बक्सको दायाँ साइडबाट स्टेफेन एनोरलाई पास दिएका थिए ।

एनोरले मोसेस ग्याबाहलाई पास दिए । वीरगञ्जका खेलाडीले क्लियर गरे पनि बक्स बाहिर रहेका आइडुले गरेको सिधा प्रहार जाली चुमेको थियो । ११ औं मिनेटमा वीरगञ्जले बराबरी गोल गरेको थियो ।

वीरगञ्जका लागि सुशील लामाको प्रहारलाई अकिन्स के बाफोउरले हेडर गोल गर्दै बीरबरीमा ल्याएका थिए । ४५ औं मिनेटमा पोखराले फेरि अग्रता लिएको थियो ।

स्टेफन कोजो एनोरको क्रसमा मोसेस ग्याबाहलले हेड गर्दै जाली चुमाएपछि पोखराले पहिलो हाफमा २–१ को अग्रता लियो । दोस्रो हाफमा थप गोल नभएपछि अन्ततः पोखरा २–१ को जित निकाल्न सफल भयो ।


प्रतिक्रिया