`

शैक्षिक क्षेत्रको विकास सरकारको एक्लो प्रयासले मात्र सम्भव नभएकाले सबैको योगदानको खाँचो : उपसभामुख राना

Nepal One HD ३ पुष २०८० १८:४२
राजनीति

दमक (झापा), ३ पुस : प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले शैक्षिक विकासमा सबै क्षेत्रको योगदान आवश्यक भएको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाले आज दमकमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा उहाँले शैक्षिक क्षेत्रको विकास सरकारको एक्लो प्रयासले मात्र सम्भव नभएकाले सबैको योगदानको खाँचो रहेको बताउनुभयो ।

सरकारले शैक्षिक विकासमा ठूलो लगानी गर्दैआएको उल्लेख गर्दै उपसभामुख मगरले भन्नुभयो, “सरकारबाट जति प्रयास भएको छ, त्यसले गुणात्मक प्रतिफल दिन सकेको छैन । यसमा सबै पक्ष गम्भीर हुनुपर्छ ।” देशको शैक्षिक क्षेत्रमा निजी क्षेत्रको योगदान उल्लेखीय रहेको उहाँको भनाइ थियो ।

उपसभामुख मगरले नेपालको शिक्षा जीवनपयोगी हुन नसकेकै कारण धेरै युवा विदेश पढ्न जाने गरेका र यो चिन्ताको विषय भएको उल्लेख गर्नुभयो । सो अवसरमा उहाँले प्याब्सनमा महत्वपूर्ण योगदान पु¥याएबापत शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ्ग थ्रोपा र प्याब्सन झापाका पूर्वउपाध्यक्ष चन्द्रप्रकाश राईलाई सम्मान गर्नुभयो ।


प्रतिक्रिया