`

स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिड विजयी

Nepal One HD ८ पुष २०८० ८:०३
खेलकुद

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड विजयी भएको छ । गएराति सम्पन्न भएको खेलमा सभेल्लिालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै एथ्लेटिको मड्रिड लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले बार्सिलोनालाई पछि पारेको हो ।
एथ्लेटिको मड्रिड र बार्सिलोनाको समान ३८ अंक भए पनि गोल अन्तरमा तेस्रो स्थानमा रहन पुग्यो ।

रियल मड्रिड र जिरोना समान ४५ अंकका साथ तालिकाको पहिलो र दोस्रो स्थानमा रहँदा पराजित भएको सेभिल्ला भने १६ अंकसहित १५ औं स्थानमो छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एथ्लेटिको मड्रिडले दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै गोल गरेको थियो । मार्कस लोरेन्टले गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम्म जोगाउँदै स्पष्ट ३ अंक लिन सफल भयो । एथ्लेटिको मड्रिड ७० औं मिनेटमा १० खेलाडीमा झरेको थियो ।

कागलर सोयोन्सु वैकल्पिक खेलाडीको रुपमा ६६ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । तर ४ मिनेट पछि नै खराब ट्याकल गरेका कारण भारको सहयोगमा रातो कार्ड दिइएको थियो । १० खेलाडीमा रहेको एथ्लेटिको मड्रिडविरुद्ध सेभिल्लाले कुनै पनि दबाब भने बनाउन सकेन ।


प्रतिक्रिया