दिल्ली प्रहरीलाई इजराइली दूतावासनजिकै ‘विस्फोट’ भएको फोन प्राप्त, अधिकारीहरू घटनास्थलमा
दिल्ली प्रहरीलाई मङ्गलबार साँझ चाणक्यपुरी क्षेत्रमा इजराइली दूतावास नजिकै विस्फोट गराइएको फोन प्राप्त भएको तर घटनास्थलमा त्यस्तो केही नभेटिएको अधिकारीहरूले बताएका छन् ।
दिल्ली अग्निशमन सेवाले साँझ करिब छ बजे फोन प्राप्त गरेको थियो । सेवाका निर्देशक अतुल गर्गले भन्नुभयो, “अहिलेसम्म घटनास्थलमा केही पनि भेटिएको छैन ।” घटनास्थलमा दिल्ली क्राइम युनिटको टोली र फरेन्सिक टोली उपस्थित छन् ।
साथै फरेन्सिक विज्ञान प्रयोगशाला (एफएसएल) स्रोतका अनुसार घटनास्थलमा अहिलेसम्म केही पनि फेला परेको छैन । एफएसएल स्रोतले भनेको छ, “खोजी जारी छ, विस्फोटको आवाज त्यहाँ उभिएका एक सुरक्षा अधिकारीले सुनेका छन् ।”
“मैले साँझ करिब ५ बजेतिर एउटा ठूलो आवाज सुनेँ, उक्त आवाज टायर पड्किएको जस्तो थियो, मैले एउटा रुखको छेउमा धुवाँ निस्केको पनि देखेँ”, दूतावास नजिकै उभिएका सुरक्षा गार्डले भने ।उक्त सम्बन्धमा स्पेसल सेलको स्रोतले त्यहाँ त्यस्तो कुनै विस्फोट नभएको बताएको छ । थप जानकारीको प्रतीक्षा गरिएको छ ।
