`

ललितपुरलाई नेपाल सुपर लिगको उपाधि

Nepal One HD १४ पुष २०८० १९:४६
खेलकुद

काठमाडौं । नेपाल सुपर लिगको उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार भएको फाइनल खेलमा साविक विजेता धनगढी एफसीलार्ई ३–१ पराजित गर्दै ललितपुरले उपाधि जितेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  भएको खेलमा ललितपुरलाई जित दिलाउन इमो इजेकेलले दुई गोल गर्दा दिनेश हेम्जनले एक गोल थपे । धनगढीका लागि ओलावाले अफिजले एक गोल गरे ।खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा धनगढी लगातार दोस्रोपटक उपविजेतामा चित्त बुझाउन बाध्य भयो । खेलको ३९ औं मिनेटमा पोस्ट नजिकैबाट ट्याप इन गोल गर्दै ओलावाले अफिजले धनगढीलाई शुरुवाती अग्रता दिलाएका थिए ।पहिलो हाफको इन्जुरी समयको छैटौं मिनेटमा इमो इजेकेलले फ्रि–किकमा गोल गर्दै ललितपुरलाई १–१ गोलको बराबरीमा ल्याएका हुन् । ५० औं मिनेटमा दिनेशले गोल गर्दै ललितपुरलाई २–१ गोलको अग्रता दिलाएका थिए ।आठ मिनेटपछि इजेकेलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३–१ गोलको अग्रता दिलाएका हुन् । दोस्रो हाफको इन्जुरी समयको आठौँ मिनेटमा अहमद हिजाजीले गोल गर्दै धनगढीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर बाँकी समयमा थप गोल हुन नसक्दा ललितपुर ३–१ गोलले विजयी भएको हो ।जितसँगै ललितपुरले पहिलोपटक लिगको उपाधि जितेको हो । यता धनगढी भने लगातार दोस्रोपटक उपविजेतामा चित्त बुझाएको छ । गत संस्करणको फाइनल खेलमा पनि धनगढी फाइनलमा काठमाडौं रेजर्ससँग पराजित भएको थियो ।


प्रतिक्रिया