जापानको भूकम्प प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा एक जनाको मृत्यु
विश्व
जापानको भूकम्प प्रभावित इशिकावा प्रान्तको शिका शहरमा भवन भत्किँदा एक जना वृद्धको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम निप्पोन टेलिभिजन नेटवर्कले सोमबार जनाएको छ। यसअघि, इशिकावाको नानाओ शहरमा भूकम्पको त्रासले दुई जनालाई हृदयाघात भएको राष्ट्रिय समाचार एजेन्सी क्योडोले राष्ट्रिय प्रहरी एजेन्सीलाई उद्धृत गर्दै जनाएको छ।
सोमबार दिउँसो मध्य जापानको सी अफ जापान कोस्टको फराकिलो क्षेत्रमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए)का अनुसार भूकम्पको ठूलो धक्का साँझ ४ बजेर १० मिनेटमा गएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
