इरान बम विस्फोट अपडेट : १०३ को मृत्यु
विश्व
ह त्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुई वटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा एक सय तीन जनाको मारिएको सरकारी मिडियाले बताएको छ ।
आक्रमणको जिम्मेबारी तत्काल कसैले लिएको छैन । आधिकारिक आइआरएनए समाचार एजेन्सीले यसअघि ७३ जनाको मृत्यु भएको सूचना दिएको थियो ।
एजेन्सीले भनेको छ, “आतङ्कवादी विस्फोटमा घाइते भएका मानिसको मृत्यु भएपछि मर्नेहरूको सङ्ख्या बढेर एक सय तीन पुगेको छ ।” बम विस्फोटमा अन्य एक सय ४१ जना घाइते भएको र केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
