भियतनाममा २२ हजार विदेशी विद्यार्थी अध्ययनरत
विश्व
भियतनामका शैक्षिक संस्थाहरूमा करिब २२ हजार विदेशी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति कार्यक्रमहरू मार्फत अध्ययन गरिरहेका छन् । शिक्षा तथा प्रशिक्षण मन्त्रालयले जनाएअनुसार भियतनाममा सन् २०१८ देखि २०२३ सम्म पाँच वर्षको अवधिमा अध्ययन गर्ने अन्तरराष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या औसतमा प्रति वर्ष ८ देखि १० प्रतिशतले बढेको भियतनाम समाचार एजेन्सीले सोमबार उल्लेख गरेको छ।
मन्त्रालयका अनुसार भियतनाममा अध्ययन पूरा गरेपछि थुप्रै विदेशी विद्यार्थीहरूले भियतनामसँग आफ्ना देशहरूबीच सांस्कृतिक, शैक्षिक, कूटनीतिक, आर्थिक र राजनीतिक सम्बन्ध विकासमा सक्रिय भूमिका खेलेको पाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
