`

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको जित

Nepal One HD २९ पुष २०८० ८:४४
खेलकुद

काठमाडौं । शनिबार राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेका उक्त खेलमा सिटीले न्युक्यासल युनाइटेडलाई ३–२ गोल अन्तगरले पराजित गरेको हो । खेलमा बर्नान्डो सिल्भा, केभीन डी ब्रुएन र ओस्कार बोबले १–१ गोल गरेका थिए । यस्तै न्यूक्यासलका लागि एलेक्जेन्डर इसक र एन्थोनी गोर्डनले १–१ गोल गरेका थिए ।

खेलमा सिटीले २६ औँ मिनेटमा सिल्भाले गोल गर्दै अग्रता दिलाएका थिए । जितसँगै सिटी २० खेलबाट ४३ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ भने न्यूक्यासल युनाइटेड २१ खेलबाट २९ अङ्कका साथ तालिकाको १० औँ स्थानमा रहेको छ ।


प्रतिक्रिया