`

कम्बोडिया र थाइल्याण्डका प्रधानमन्त्री सीमावर्ती क्षेत्रमा धुवाँ प्रदूषण नियन्त्रण गर्न सहमत

Nepal One HD २५ माघ २०८० २०:३२
विश्व

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले थाइल्याण्डको एकदिने औपचारिक भ्रमण पूरा गर्नु भएको छ । विदेश मन्त्रालयले बुधवार छिमेकी देशको भ्रमणका क्रममा प्रधानमन्त्री मानेटले आफ्ना थाई समकक्षी श्रेथा थाभिसिनसँग व्यापार, पर्यटन, श्रम, ऊर्जा, अन्तरराष्ट्रिय अपराध विरुद्ध लड्ने लगायतका क्षेत्रमा सहयोग अभिवृद्धि गर्न सहमत भएको उल्लेख गरेको छ ।

दुई प्रधानमन्त्रीहरू “द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीको स्तरमा विकास गर्ने सहमत भएको बताइएको छ । उहाँहरू दुई राष्ट्रका जनताका लागि स्वच्छ हावा सुनिश्चित गर्न सीमावर्ती क्षेत्रमा धुवाँ प्रदूषण नियन्त्रण गर्न आवश्यक कदम चाल्न सहमत भएको बताइएको छ ।


प्रतिक्रिया