`

फिलिपिन्समा भूस्खलनको दुई दिनपछि दुई बालकको जीवित उद्धार

Nepal One HD २६ माघ २०८० १८:१७
विश्व

दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तका धेरै गाउँहरूमा ठूलो भूस्खलन भएको दुई दिनपछि माटोबाट तीन वर्षीया बालिका र दुई महिने बालकलाई जीवितै उद्धार गरिएको फिलिपिन्स रेडक्रसले शुक्रबार जनाएको छ । फिलिपिन्स रेडक्रशका अध्यक्ष डिक गोर्डनले उद्धार गरिएका बालबालिकालाई तुरुन्तै नजिकैको स्थानीय अस्पतालमा लगिएको बिज्ञप्तिमार्फत् जानकारी गराउनुभएको छ ।

माको सहरस्थित एउटा खानी स्थल नजिकै मङ्गलबार राति गएको पहिरोमा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका छन् । प्रान्तीय सरकारले सय जना भन्दाबढी बेपत्ता रहेको र उनीहरू पहाडबाट खसेको माटो, चट्टान र रूख मुनि गाडिएको बताएको छ । बेपत्ताको खोजी तथा उद्धार कार्यहरु जारी रहेको स्रोतले बताएको छ । –


प्रतिक्रिया