श्रीलङ्कामा जनवरीमा विप्रेषण ११.४ प्रतिशतले वृद्धि

विश्व

श्रीलङ्कामा सन् २०२४ को जनवरीमा सन् २०२३ को जनवरीको तुलनामा ११.४ प्रतिशतले बढी विप्रेषण आएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले शनिबार बताएका छन् ।
सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै नानायककाराले जनवरी २०२४ मा ४८ करोड ७६ लाख अमेरिकी डलर विप्रेषण आएको छ सन् २०२३ को जनवरीमा ४३ करोड ७५ लाख डलर रेमिटेन्स आएको बताएका छन् ।
केन्द्रीय बैंकको तथ्याङ्कअनुसार सन् २०२३ मा पाँच अर्ब ९६ करोड अमेरिकी डलर विप्रेषण भित्रिएको थियो । यसैबीच सन् २०२३ को जनवरीको तुलनामा सन् २०२४ को जनवरीमा पर्यटनबाट हुने आम्दानी १२२.७ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ ।
पर्यटन र कामदारबाट प्राप्त हुने विप्रेषण श्रीलङ्काको सबैभन्दा बढी वैदेशिक आय आर्जन गर्ने स्रोतमध्ये प्रमुख स्रोत हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट