`

विष्णु पौडेलको तारेख साउन २८ मा, बाहिरिए अदालतबाट

Nepal One HD १ साउन २०८३ १८:५६
नेकपा एमाले

काठमाडौं। नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल विशेष अदालतबाट साधारण तारेखमा बाहिरिएका छन्।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा शुक्रबार भएको थुनछेक बहसपछि विशेष अदालतले उनलाई श्रावण २८ गते उपस्थित हुने गरी साधारण तारेखमा छाड्ने आदेश दिएको हो।

अदालतको आदेशअनुसार पौडेलले श्रावण २८ गते पुनः विशेष अदालतमा उपस्थित हुनुपर्नेछ। त्यस अवधिसम्म उनी साधारण तारेखमा रहनेछन्।

यसअघि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा उनीविरुद्ध विशेष अदालतमा अभियोग दर्ता भएको थियो। शुक्रबारको थुनछेक बहसपछि अदालतले तत्काल पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *