`

‘रंगेली’ को दोस्रो गीत सार्वजनिक

Nepal One HD १ फागुन २०८० १०:२६
मनोरञ्जन

काठमाडौं । अर्जुन सुवेदी निर्देशित फिल्म ‘रंगेली’ को दोस्रो गीत सार्वजनिक भएको छ । फिल्ममा समावेश ‘दुल्हा दुल्हन’ बोलको गीत सार्वजनिक गरिएको हो।

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगरको विवाह समारोहमा भएको सांगीतिक कार्यक्रमको पृष्ठभूमिमा तयार गीतको भिडियोमा अभिनेता विजय बराललाई प्रमुख स्थान दिइएको छ ।

निशान भट्टराईको स्वर रहेको गीतमा सविन एकतारेको शब्द तथा सुशान्त गौतमको संगीत छ । सुवेदीकै लेखन रहेको फिल्ममा दयाहाङ राई, मिरूना मगर अर्पण थापा, प्रविण खतिवडा, रमेश बुढाथोकीलगायत कलाकारको अभिनय छ।

फिल्मलाई सुशन प्रजापतिले छायाँकन गरेका छन् । संसार चौलागाईं र रमेश भट्टराई निर्माता रहेको फिल्ममा युवक कार्की र शिव शंकर चौलागाईं सह–निर्माता छन्। फिल्मका कार्यकारी निर्माता जितेन्द्र खतिवडा र अनुजजंग थापा हुन् । फिल्म फागुन २५ गतेदेखि प्रदर्शन हुँदैछ ।

https://youtube.com/watch?v=ohNT3s0pjQE%3Fsi%3D9ZxKNKMM7848xT_e

प्रतिक्रिया