`

एसीसी वुमन्स प्रिमियर कप क्रिकेट, मलेसियासंग नेपाल पराजित

Nepal One HD ४ फागुन २०८० १४:५१
खेलकुद

काठमाडौ । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियासंग नेपाल पराजित भएको छ । शुक्रबार नेपाललाई ४ विकेटले हराउँदै मलेसियाले एसिया कप २०२४ मा आफ्नो स्थान सुरक्षित बनाएको हो ।

नेपाललाई हराएसंगै मलेसिया एसिया कप २०२४ का लागि छनोट भएको छ । नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याउने मलेसियाले १ बल बाँकी छँदै ६ विकेट गुमाएर ११६ रन बनायो । नेपालको तर्फबाट कविता जोशी र सीता रानामगरले २र२ विकेट लिए । कविता कुँवर र रुविना क्षेत्रीले भने १(१ विकेट लिएका थिए ।

बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । नेपालकी इन्दु बर्माले सर्वाधिक धेरै २९ रन बनाइन् । यस्तै डली भट्टले २५, कविता कुँवरले २३ र रुविना क्षेत्रीले २० रन बनाए । सीता रानामगरले ६ र कविता जोशीले २ रन जोडिन् ।


प्रतिक्रिया