`

आइसिसी लिग–२, नेपाललाई १३८ रनको लक्ष्य

Nepal One HD ५ फागुन २०८० १२:२०
खेलकुद

काठमाडौँ । आइसिसी लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले १३८ रनको लक्ष्य पाएको छ । नेदरल्याण्ड्सविरूद्ध टस जितेर नेपालले बलिङ गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको नेदरल्याण्डस्ले ३९ ओभरमा सबै विकेट गुमाएर १३७ रन बनाएको हो ।

नेदरल्याण्ड्स विरुद्धको खेलमा नेपालका कुशल भुर्तेलले सबैभन्दा धेरै ४ विकेट लिए । यस्तै, ललितनारायण राजवंशीले २ विकेट लिए भने सोमपाल कामी र रोहित पौडेलले एक एक विकेल लिए ।

नेदरल्याण्ड्सका स्कट एजवार्डले सबैभन्दा धेरै ३३ रन बनाए । उनले ४९ वलमा एक चौकाको मद्धतले ३३ रन जोडेका हुन् ।
नेदरल्याण्ड्विरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीलाई नेपाली टोलीमा समावेश गरिएको छ । नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिलकुमार साह, भीम सार्की, गुल्सन झा, सोमपाल कामी, ललितनारायण राजवंशी र देव खनाल रहेका छन् ।


प्रतिक्रिया