`

चर्च ब्वाइजमाथि केपी एफसी फुटबल क्लबको शानदार जित

Nepal One HD ११ फागुन २०८० १७:५२
खेलकुद

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा केपी ओली फुटबल क्लब (केपी एफसी) ले चर्च ब्वाइज युनाइटेडलाई पराजित गरेको छ । शुक्रबार एन्फा कम्लेक्समा सातदोबाटोमा भएको खेलमा केपी एफसीले चर्च ब्वाइजलाई ३– ० गोल अन्तरले पराजित गरेको हो । केपी एफसीका लागि जय गुरुङले २ तथा फोडे फोफानाले एक गोल गरेका थिए ।

यो जितपछि अब केपी एफसीले फागुन १५ गते जावलाखेल युथ क्लबसँग खेल्ने छ । त्यसैगरी प्रतियोगितामा आइतबार एनआरटी र थ्रीस्टार तथा त्रिभुवन आर्मी र नेपाल पुलिसबीच गरी दुई खेल हुनेछन् ।


प्रतिक्रिया