`

टस हारेरनेदरल्याण्ड्सविरुद्धनेपालले पहिला ब्याटिङ गर्ने

Nepal One HD १३ फागुन २०८० ९:३८
खेलकुद

काठमाडौं । आइसीसी विश्वकप लिग टू अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले टस हारेको हो । टस जितेको नेदरल्याण्ड्सले फिल्डिङ रोेजेको छ ।

नेपालले आज २ खेलाडी परिवर्तन गरेको छ । नामिबियाविरुद्धको पछिल्लो खेलमा प्लेयिङ ११ मा रहेका सोमपाल कामी र देब खनाललाई आ बेन्चमा राखिएको छ । उनीहरुको ठाउँमा आरिफ शेख र गुल्सन झा समावेश भएका छन् ।नेपालको प्लेइङ ११ मा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, करण केसी, ललित राजवंशी छन् ।


प्रतिक्रिया