`

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

Nepal One HD १४ फागुन २०८० १८:००
मनोरञ्जन

ललितपुर । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको ८२ वर्षको उमेरमा निधन भएको छ । आज अपरान्ह उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा उनको बाटोमै निधन भएको बताइएको छ । अक्सिजन लेभल न्युन हुँदै गएपछि उनलाई मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको परिवार श्रोतले जनाएको छ ।

उनको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।


प्रतिक्रिया