`

केपी ओली एफसीलाई पराजित गर्दै जाउलाखेल सेमिफाइनलमा

Nepal One HD १५ फागुन २०८० १६:२४
खेलकुद

काठमाडौँ । राजधानीमा जारी केपी ओली कप राष्ट्रिय पुरुष फुटबल प्रतियोगितामा जाउलाखेल युथ क्लबले आयोजक केपी ओली एफसीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । 


सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा जाउलाखेलले केपी ओली एफसीलाई २–१ गोलअन्तरले पराजित गर्यो । उसको जितमा निराजन धामी र निरज चौधरीले समान एक/एक गोल गरे । खेलको ३९औं मिनेटमा जावलाखेलका निराजन धामीले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको ८२औं मिनेटमा जावलाखेलले अग्रता दोब्बर बनायो । 


खेलको ८४औँ मिनेटमा केपी ओली एफसीका अडामा गोम्वियाकेले एक गोल गरे । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र जाउलाखेल विजयी भयो । 


जावलाखेलले सेमिफाइनलमा (एनआरटी) न्यूरोड टिमविरुद्ध खेल्नेछ । सेमिफाइनल यही फागुन १७ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । फागुन १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले  ११ लाख तथा उपविजेताले  पाँच लाख पाउनेछ ।


प्रतिक्रिया