नामिबियालाई २४८ रनको ठूलो लक्ष्य

खेलकुद

काठमाडौ । त्रिकोणात्मक टी–२० आई शृंखलामा नेदरल्याण्ड्सले नामिबियालाई जितका लागि २४८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको हो । उसका लागि मिचेल लेभिटले सबैभन्दा धेरै १३५ रन बनाए । उनले ६२ वलको सहयोगमा १० छक्का र ११ चौका प्रहार गरी १३५ रन जोडेका हुन् ।
अहिले नामिबियाले जवाफी ब्याटिङ गरिरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट