नामिबिया र नेदरल्याण्डसबीचको खेल वर्षाले प्रभावित

खेलकुद

काठमाडौ । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तरगतको अन्तिम खेल वर्षाका कारण प्रभावित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपूरमा नामिबिया र नेदरल्याण्डसबीच जारी खेल वर्षाका कारण रोकिएको हो ।
टस जितेर नेदरल्याण्डसले फिल्डिङ रोजेपछि नामिबियाले सुरुवाती व्याटिङ गरेको हो । जारी खेलमा नामिबियाले १५ ओभरमा ४ विकेट गुमाएर ९८ रन जोडेको छ । फाइनल प्रवेशका लागि पनि आजको खेल जित्नैपर्ने दवावमा दुई टिम छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट