त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल, नेपाल टस जितेर व्याटिङमा

खेलकुद

काठमाडौ । त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्ससँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।
फाइनल खेलका लागि नेपालले आफ्नो प्लेइङ ११ मा कुनै पनि परिवर्तन गरेको छैन । नेपालले २०२१ को फाइनलमा नेदरल्यान्ड्सलाई १४२ रनले हराउँदै उपाधि जितेको थियो ।
२०२२ को त्रिकोणात्मक टी–२० फाइनलमा भने नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराएको थियो । त्यसैले घरेलु मैदानमा नेपाल लगातार तेस्रो पटक त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि जित्ने दाउमा छ । नेपालले जारी सिरिजको तेस्रो खेलमा नामिबियालाई तीन रन र चौथो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनलसम्मको यात्रा तय गरेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट