त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल, नेदरल्याण्डसले पायो १८५ रनको लक्ष्य


काठमाडौ । त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १८४ रन जोडेको हो । नेपालका लागि सबैभन्दा धेरै आशिफ शेखले ४७ रन बनाए । उनले ३७ वलमा एक चौका र ३ छक्काको सहयोगमा ४७ रन जोडेका हुन् ।
यस्तै, गुल्सन झा ले ३४ रन, कुशल मल्लले २६, रोहित पौडेलले २५, कुशल भुर्तेल २० रन बनाएर आउट भए । करण केसीले ९ रन बनाउँदा प्रतिश जिसी र सोमपाल कामी समान ६ रनमा नट आउट रहे । फाइनल खेलका लागि नेपालले आफ्नो प्लेइङ ११ मा कुनै पनि परिवर्तन गरेको छैन । नेपालले २०२१ को फाइनलमा नेदरल्यान्ड्सलाई १४२ रनले हराउँदै उपाधि जितेको थियो ।
२०२२ को त्रिकोणात्मक टी–२० फाइनलमा भने नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराएको थियो । त्यसैले घरेलु मैदानमा नेपाल लगातार तेस्रो पटक त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि जित्ने दाउमा छ ।
नेपालले जारी सिरिजको तेस्रो खेलमा नामिबियालाई तीन रन र चौथो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनलसम्मको यात्रा तय गरेको हो ।