मैत्रीपूर्ण टी–२० क्रिकेट, टस जितेर नेपाल फिल्डिङमा

खेलकुद

काठमाडौ । हङकङसँगको टी–२० क्रिकेटको मैत्रीपूर्ण खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ । नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनुअघि नेपालले यो खेल खेल्न लागेको हो । नेपाल र हङकङबीच हालसम्म ७ टी–२० आई खेल भएका छन् । नेपाल ४ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएकोछ । त्रिकोणात्मक सिरिजमा नेपालले भोली आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके फाइनल र नभए तेस्रो स्थानको लागि हङकङ ए सँग बुधबार खेल्ने तालिका छ ।
आजको खेलमा नेपालले तीव्र गतिका बलर आकाश चन्दले डेब्यू गरेका छन् । उनले टी–२० आई खेलमा डेब्यू गरेका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट