`

बाबर हायातको विष्फोटक ब्याटिङमा नेपालले पायो २१३ रनको लक्ष्य

Nepal One HD २६ फागुन २०८० १३:१३
खेलकुद

काठमाडौ । मैत्रीपूर्ण टी–२० आई क्रिकेटमा घरेलु टोली हङकङले नेपाललाई जितका लागि २१३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको निर्धारित ओभरमा ६ विकेट गुमाएर २१२ रन जोडेको हो । हङकङका लागि सबैभन्दा धेरै बाबर हायातले ११० रन जोडे । उनले ४९ बलमा १३ छक्का र ३ चौका मद्दतमा ११० रन बनाएका हुन् ।


यस्तै, अंशुमन रथले ३९, मार्टिन कोट्जीले ३१ रन, ऐजज खानले २१ रन बनाए । नेपालका आकाश चन्दले तीन तथा आरिफ शेख, प्रतिश जिसी र राशिद खानले एक–एक विकेट लिए ।

त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ ।


प्रतिक्रिया