`

हङकङविरुद्ध नेपालले गुमायो ५ विकेट

Nepal One HD २६ फागुन २०८० १४:१९
खेलकुद

काठमाडौ । मैत्रीपूर्ण टी–२० आई क्रिकेटमा घरेलु टोली हङकङविरुद्ध २१३ रनको लक्ष्य पछ्याएको नेपालले पाँचौं विकेट गुमाएको छ । पाचौं विकेटका रुपमा नेपालका सन्दिप जोरा २ रन बनाएर आउट भएका हुन् । त्यस्तै, आरिफ शेख २१ वलमा ३८ रन बनाएर आउट भए । यसअघि कप्तान रोहित पौडेल ३० रन बनाएर आउट भएका थिए । २३ बल खेलेका उनले १ छक्का र २ चौका प्रहार गरेका थिए ।

विनोद भण्डारी २२ बलमा ४२ रन बनाएर आउट भएका थिए भने ओपनर कुशल भुर्तेल २ रनमै आउट भएका थिए । अहिले क्रिजमा गुल्सन झा र विवेक यादव छन् । नेपालले ताजा अवस्थामा १३ ओभरमा १३१ रन जोडेको छ ।


प्रतिक्रिया