शान्ति र स्थायित्वका लागि सेनालाई सबल बनाउँदै केन्या


केन्याका राष्ट्रपति विलियम रुटोले सरकारले देशको शान्ति र स्थायित्वको सुनिश्चितताका लागि केन्या डिफेन्स फोर्सलाई बलियो बनाइरहेको बताउँनु भएको छ ।उहाँले विदेशमा शान्ति मिसनमा भाग लिएको सेना नमूना संस्था भएको बताउँदै जसले केन्याको शान्ति र स्थायित्वको ग्यारेन्टी गरेको उल्लेख गर्नु भएको छ ।
तपाईंले हाम्रो राष्ट्रको लागि सुरक्षा र स्थायित्व प्रदान गर्नुहुन्छ, हामी केन्याका जनतालाई हाम्रा प्रतिबद्धताहरू पूरा गर्न सुनिश्चित कडा मेहनत गर्नेछौं,” राजधानी नैरोबीमा आयोजित सेनाका नवनियुक्त उपाध्यक्षको शपथ ग्रहण समारोहमा उहाँले सो धारणा राख्नु भएको हो ।
राष्ट्रको बल सेनामा निर्भर रहेको उल्लेख गर्दै राष्ट्रपतिले आफ्नो सरकारले खाद्य उत्पादन, रोजगारी सृजना, स्वास्थ्य सेवालाई सशक्त बनाउने जनादेश पूरा गर्नका लागि सबै सार्वजनिक संस्थाहरूलाई बलियो बनाइरहेको बताउँनु भएको छ ।
राष्ट्रपतिले देशको सुरक्षा र स्थिरता नभई “अन्यकुनै पनि आकाङ्क्षाहरू प्राप्त गर्न धेरै गाह्रो हुने टिप्पणी गर्नु भएको छ ।रुटोले जनजातिवाद र विभाजन रहित संयुक्त केन्यामा सरकारको प्रतिबद्धतालाई पुनः पुष्टि गर्नु भएको छ । “जातिवाद, जातियता र सीमान्तीकरणको अन्त्य गरी हाम्रो राष्ट्रलाई शान्तिपूर्ण, एकताबद्ध र प्रगतिशील राष्ट्रमा सुदृढ गर्ने मेरो चाहना छ” उहाँले बताउनु भयो ।