`

एभरेष्टद्वारा त्रिभुवन आर्मी क्लब पराजित

Nepal One HD ५ चैत २०८० १२:१९
खेलकुद

काठमाडौँ । आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा एभरेष्ट भलिबल क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषद् (राखेप) को कभर्डहलमा सोमबार  भएको पहिलो खेलमा एभरेष्टले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्यो । एभरेष्टले खेलको पहिलो सेट २४–२६ ले गुमाए पनि त्यसपछिको सबै सेट आफ्नो पक्षमा पार्यो । एभरेष्टले आर्मीमाथि २५–१७, २५–१९ र २५–२२ को जित निकाल्यो ।

जितसङै एभरेष्टले  दुई खेलबाट छ अङ्क जोडेको छ । पहिलो खेलमा एभरेष्टले कर्णाली प्रदेशलाई ३–० सेटले हराएको थियो । 

नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताका विजेता टोलीले  पाँच लाख तथा उपविजेताले  दुई लाख ५० हजार पाउनेछन् भने तेस्रो हुने टोलीले  एक लाख २५ हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया