`

आयरल्यान्ड ‘ए’ संगको टी–२० अभ्यास खेल, टस हारेर नेपाल फिल्डिङमा

Nepal One HD १२ चैत २०८० १२:५५
खेलकुद

काठमाडौ । नेपालले पहिलो टी–२० अभ्यास खेलमा आयरल्यान्ड ए बुल्भ्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा कीर्तिपुरमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङ गर्ने भएको हो । नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ । नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् ।

नेपालको प्लेइङ ११ मा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी र अभिनाश बोहरा रहेका छन् । आयरल्यान्ड ए प्लेइङ ११ मा निल रक (कप्तान), रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, फिन हृयान्ड, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, मोर्गन टोप्पिङ र बेन हृवाइट छन् ।


प्रतिक्रिया