आयरल्यान्ड ‘ए’ संगको अभ्यास खेलमा नेपाल विजयी

खेलकुद

काठमाडौ । पहिलो अभ्यास खेलमा नेपालले आयरल्यान्ड ‘ए’ टीमलाई पराजित गरेको छ । नेपालले जितका लागि पाएको १२२ रनको लक्ष्य १६.१ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ले निर्धारित ओभरमा सबै विकेट गुमाएर १२१ रन जोडेको थियो ।
नेपालका लागि सबैभन्दना धेरै रन कुशल भुर्तेलले ३७ रन जोडे । यस्तै, सन्दिप जोराले ३६ रन बनाउँदा दिपेन्द्र सिंह ऐरी २० रनमा नटआउट रहे । उता, आयरल्यान्डका स्टेफन डोहेनीले सबैभन्दा धेरै ४६ रन बनाएका थिए । टम मेयस र लियाम मकार्थीले १६–१६ रन बनाउँदा फिओन ह्यान्डले ११ रनको योगदान दिए ।
नेपालका कुशल भुर्तेल, ललित राजवंशी र गुल्सन झाले दुई/दुई विकेट लिएका थिए । करण केसी र कुशल मल्लले भने एक/एक विकेट लिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट