`

‘स्पट फिक्सिङ’ मुद्दामा क्रिकेटर बलमसहित पाँचजनालाई सफाइ

Nepal One HD १२ चैत २०८० १८:५९
खेलकुद

काठमाडौं । ‘स्पट फिक्सिङ’को मुद्दामा क्रिकेटर मोहमद आदिल बलमसहित पाँचजनाले सफाइ पाएका छन्। सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उनीहरुलाई सफाइ दिएको हो ।

गतवर्ष पुस १२ र १४ मा भएको नेपाल टी–२० क्रिकेट प्रतियोगितामा ‘स्पट फिक्सिङ’ गरेको दाबीसहित प्रहरीले मुद्दा चलाएको थियो। प्रहरीको आरोप पुष्टि नहुने भन्दै अदालतले क्रिकेटर आदिललाई सफाइ दिएको हो ।उनीसँगै नितेश गुप्ता भन्ने नितेश शाह, नवीन कँडेल, रवि माझी र मेहबुब बलमले पनि सफाइ पाएका छन् ।


प्रतिक्रिया