आयरल्यान्ड ‘ए’ले दियो २२३ रनको विशाल लक्ष्य

खेलकुद

काठमाडौं । आयरल्यान्ड ए ले पहिलो टी–२० खेलमा नेपाल एलाई २२३ रनको विशाल लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपूरमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड ए ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनाएको हो ।
आयरल्यान्डका पिटर मुरले सबैभन्दा बढी ४९ रन बनाए । उनले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए । नेपालका कमलसिंह ऐरीले ३ विकेट लिए । आरिफ शेख र सागर ढकालले भने १/१ विकेट लिएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट