`

लोकेश बमको आक्रामक सतक जितका लागि अपर्याप्त, आयरल्याण्ड ए संग नेपाल २१ रनले पराजित

Nepal One HD १६ चैत २०८० १६:४४
खेलकुद

काठमाडौ । पहिलो टी–२० अभ्यास खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए सँग २१ रनले पराजित भएको छ । त्रिवी क्रिकेट मैदान कीर्तिपूरमा पहिले टस हारेर ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले निर्धारित ओभरमा २२२ रन बनाएको थियो । २२३ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १९ ओभर ३ बलमा २०१ रनमा समेटिएको हो ।

नेपालका लागि लोकेश बमले आक्रामक सतक प्रहार गरेपनि जितका लागि पर्याप्त भएन । उनी ५६ वलमा १०६ रन बनाएर आउट भए । लोकेश र आरिफ शेखले चौथो विकेटका लागि १ सय २१ रनको साझेदारी गरेका थिए । आरिफ ४९ रनमा आउट भए ।


प्रतिक्रिया