नेपाल ‘ए’ ले पायो २२५ रजको विजयी लक्ष्य

खेलकुद

काठमाडौ । आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई जितका लागि २२५ रनको विशाल लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपूरमा टस हारेर ब्याटिङ थालेको आयरल्याण्ड ‘ए’ ले निर्धारित ओभरमा ६ विकेट गुमाएर २२४ रन बनाएको हो ।
आयरल्याण्ड ‘ए’ को लागि सबैभन्दा धेरै रन क्याप्टेन नेइल रकले नट आउट ७१ रन बनाए । उनले ३४ बलमा १ चौका र ७ छक्का प्रहार गरेका थिए । यस्तै, पिटर मोरले ६५ रन बनाएर आउट भए । उनले २६ वलमा ३ चौका र ७ छक्का प्रहार गरेका थिए ।
नेपाल ‘ए’ का लागि सागर ढकालले ३ विकेट लिए भने पवन सरफ र कमल ऐरीले एक एक विकेट लिएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट