`

गुजरातविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने

Nepal One HD १८ चैत २०८० १४:५१
खेलकुद

काठमाडौ । त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले गुजरातविरुद्धको खेलमा पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले टस जितेर फिल्डिङ रोजेको हो । गुजरातविरुद्धको खेलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा टोलीको घोषणा गरेको थियो । नेपाली टोलीमा रोहित पौडेल आसिफ शेख र कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाष बोहरा र आकाश चन्द रहेका छन् ।

भारत भ्रमणका क्रममा नेपाली टोलीले त्यहाँको राज्यस्तरका दुईवटा क्लबसँग टी–२० सिरिज खेलनेछ । मार्च ३१ देखि अप्रिल ७ तारिखसम्म हुने त्रिकोणात्मक सिरिजमा नेपालले भारतको गुजरात र बरोडा क्लबसँग मैत्रीपूर्ण खेल खेल्नेछ । जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपालले यो शृंखला खेल्न लागेको हो ।


प्रतिक्रिया