`

रामेछाप विमानस्थलमा पहिलोपटक एक्स–रे मेसिन

Nepal One HD २१ चैत २०८० १४:००
अर्थ समाचार

रामेछाप । रामेछापको मन्थली विमानस्थलबाट सोलुको लुक्ला जाने पर्यटकको संख्या दैनिक बढ्दै गएपछि चेकजाँचका लागि एक्स–रे मेसिन राखिएको छ । नियमित चेकजाँच सहज बनाउने उद्देश्यले मन्थली विमानस्थलमा पहिलोपटक एक्स–रे मेसिन राखिएको हो ।

मेसिन नहुँदा हवाईजहाजबाट यात्रा गर्ने स्वदेशी तथा विदेशी यात्रुहरुको प्रहरीले सबै झोला खोलेर चेकजाँच गर्ने गरेको थियो । जहाजमा लैजान प्रतिबन्धित गरिएका सामान ओसारपसार नहोस् भनेर प्रहरीले यात्रुका झोला खेलेर नै जाँच गर्ने गरेको थियो ।

जिल्लामा मेसिन प्राप्त भएपछि झोला खोलिरहनु पर्ने झन्झट नभएको र समयको समेत बचत हुने गरेको नागरिक उड्डयन प्राधिकरण रामेछापका वरिष्ठ अधिकृत उज्ज्वल गुरागाईंले बताए । उनका अनुसार उक्त मेसिन नागरिक उड्डयन प्राधिकरण काठमाण्डौँले रामेछापलाई उपलब्ध गराएको हो ।


प्रतिक्रिया