आयरल्याण्ड ‘ए’ संग जित्नैपर्ने दवावमा नेपाल

खेलकुद

काठमाडौ । नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’ संग दोस्रो एकदिवसीय क्रिकेट खेल्दैछ । खेल त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे सुरु हुनेछ । नेपाल पहिलो एक दिवशिय खेलमा २१ रनले पराजित भएको थियो ।
नेपालको प्लेइङ ११ मा अर्जुन कुमाल बाहेक अन्य सबै सिनियर टोलीबाट खेलेका खेलाडी भएपनि ओडीआईका प्रमुख दुई ब्याटर भीम सार्की र आरिफ शेख शून्य रनमा आउट भएपछि नेपाल पराजित हुन पुगेको हो । आजको खेलमा नेपालको तीव्र गतिका बलरमा कमल र रिजन ढकाल हुनेछन् । स्पिनरमा सागर ढकाल, साहब आलम र मौसम ढकाल हुनेछन् । आयरल्यान्डका खेलाडीले पहिलो खेलमा स्पिनरको संघर्ष गरेका थिए । नेपालको टोलीमा परिवर्तनको सम्भावना आज कम छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट