`

दोस्रो एकदिवसीय क्रिकेट : टस जितेर नेपाल फिल्डिङमा

Nepal One HD २३ चैत २०८० ९:३१
खेलकुद

काठमाडौ । नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आज आयरल्यान्ड ‘ए’सँग टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा नेपालले टस जितेर फिल्डिङमा गर्ने निर्णय गरेको हो । नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो ।

नेपालले आज पहिलो खेलबाट एक परिवर्तन गरेको छ । यू–१९ का ओपनर अर्जुन कुमाललाई बेन्चमा राखेको छ भने अर्का युवा ब्याटर नरेन भट्टलाई मौका दिएको छ । नेपाल ‘ए’को प्लेइङ ११ मा विनोद भण्डारी (कप्तान), देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शाहब आलम, रिजन ढकाल र मौसम ढकाल छन् ।


प्रतिक्रिया