नेपाललाई आयरल्याण्डले दियो १७५ रनको लक्ष्य

खेलकुद

काठमाडौँ । आयरल्यान्ड ए ले तीन एक दिवसीय शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाललाई १७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन बनाएको हो ।
आयरल्यान्डका गेभिन होईले सर्वाधिक ५० रन बनाए। उनले ५९ बलमा ५ चौका र २ छक्का प्रहार गरे। उनले आठौँ विकेटका लागि लियाम म्याकार्थीसँग ५४ रनको साझेदारी गरे । यस्तै, कप्तान नील रकले ३८ बलमा ३ चौकासहित ४४ रन बनाए । लियाम म्यार्क्थी ३५र पिटर मुरले १७ रन बनाउँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालका रिजन ढकाल र शाहब आलमले ३÷३ विकेट लिए । श्याम ढकालले २ विकेट लिँदा कमलसिंह ऐरीको नाममा १ विकेट रह्यो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट