`

एकदिवसीय क्रिकेट : आयरल्यान्ड ‘ए’ संग नेपाल ‘ए’ को दोस्रो हार

Nepal One HD २३ चैत २०८० १४:२६
खेलकुद

काठमाडौ । आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालको ‘ए’ले लगातार दोस्रो हार ब्यहोरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपूरमा आज भएको खेलमा नेपाल ‘ए’ एक सय १४ रनको फराकिलो अन्तरले पराजित भएको हो ।
एकदिवसीय शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो । आयरल्यान्डले भने तीन खेलको शृंखलामा २–० को अग्रता लिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले ३८.४ ओभरमा अलआउट हुँदै एक सय ७४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.५ ओभरमै अलआउट हुँदै ६० रनमात्र जोड्न सकेको हो ।


प्रतिक्रिया