`

तेह्रथुममा १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

Nepal One HD २५ चैत २०८० २१:०७
खेलकुद

तेह्रथुम, २५ चैत : खानेपानीमन्त्री राजेन्द्रकुमार राईले सरकारले खेलकुदको विकास र विस्तारलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ । तेह्रथुममा १४आँै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज उद्घाटन गर्दै उहाँले खेलकुदले देशको पहिचान बनाउने हुँदा सरकारले ग्रामीणस्तरबाटै खेलकुदको विकास गर्ने योजना बनाएको छ भन्नुभयो । उहाँले सो अवसरमा तेह्रथुमको म्याङलुङ नगरपालिकालाई खानेपानीको लागि रु ५० लाख उपलब्ध गराउने जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालले तेह्रथुमको अनीता बस्नेतले राष्ट्रिय खेलजगत्मा पु¥याएको योगदानको चर्चा गर्दै उहाँको योगदानले अन्य भाइबहिनीहरुलाई अब्बल दर्जाको खेलाडी बत्र प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि सङ्घीय सरकारले विनियोजन गरेको रकम रु एक लाख कम भएको गुनासो गर्नुभयो ।

तेह्रथुमका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जिल्लाको ख्यातिप्राप्त खेलाडी अनीता बस्नेत जिल्लाको गहना भएको र नयाँँ पिँढीका खेलकुदमा आउँदै गरेका भाइबहिनीहरुले उहाँलाई हेरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

धनकुटाका कोशी प्रदेशसभा सदस्य इन्द्रमणि पराजुलीले चर्चित खेलाडी अनीता बस्नेतलाई भावी खेलकुद जीवनको बधाई तथा शुभकामना प्रदान गर्दै एउटा खेलाडीले खेलको माध्यमबाट सिङ्गो राष्ट्रलाई चिनाउन सकिने भएकाले खेलकुदलगायत तीनवटै सरकारले समन्वय गर्नुपर्ने बताउनुभयो ।

पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राई, छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेला, धनकुटा नगरपालिकाका नगरप्रमुख चिन्तन तामाङले पनि खेलकूद विकास र विस्तारमा सहयोग गर्ने जानकारी दिनुभएको थियो । सो अवसरमा राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर अनीता बस्नेतलाई जिल्ला खेलकुद विकास समिति तेह्रथुमले सम्मान गरेको छ । उहाँलाई नगद रु ३३ हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाका छवटै पालिकाका माध्यमिक विद्यालयका विद्यार्थीको सहभागिता रहेको छ । प्रतियोगितामा कबड्डी, भलिबल, कराते, एथलेटिक्स गरी चार विधाका ३२ वटा खेल सञ्चालन हुने भएका छन् ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीका समूहलाई यही चैत ३० देखि आगामी वैशाख १ गतेसम्म सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रदेशस्तरीय प्रतियोगितामा पठाइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र बरालले ब


प्रतिक्रिया