`

सन् २०२३ मा इटालीको सार्वजनिक घाटा ईयूमा सबैभन्दा धेरै

Nepal One HD ११ वैशाख २०८१ ७:४६
विश्व

इटालीको सार्वजनिक घाटा गत वर्ष अपेक्षा गरिएभन्दा बढेर कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ७.४ प्रतिशत पुगेको छ । यसले फेरि एकपटक इटाली युरोपेली सङ्घ (ईयू)मा सबैभन्दा बढी सार्वजनिक घाटा व्यहोर्ने मुलुक भएको संशोधित आधिकारिक तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय तथ्याङ्क निकाय (इस्टाट) ले मार्चमा एक प्रारम्भिक अनुमान जारी गरेको थियो । उक्त प्रक्षेपणमा सन् २०२२ मा ८.६ प्रतिशत रहेको सार्वजनिक घाटा मार्चमा कुल गार्हस्थ्य उत्पादनको ७.२ प्रतिशत पुगेको छ ।

“घरको ऊर्जा दक्षतामा सुधार गर्ने उद्देश्यले उदार ‘सुपरबोनस’ कर प्रोत्साहनको अपेक्षा भन्दा बढी लागतको कारण माथिको संशोधन गरिएको छ,” इस्टाट विशेषज्ञहरूले सोमबार संसदमा एक सुनवाईको क्रममा भने ।

थर्मल इन्सुलेशनदेखि सोलार प्यानलसम्मका परियोजनाहरूका लागि प्रयोग गरिने यो प्रोत्साहन सन् २०२० को मे महिनामा तत्कालीन प्रधानमन्त्री जुजेप्पे कोन्तेको नेतृत्वमा कोरोना भाइरस महामारीको बीचमा आर्थिक गतिविधिलाई प्रोत्साहित गर्न सुरु गरिएको थियो ।

निर्माण क्षेत्रलाई समर्थन गर्ने उद्देश्यले अन्य लाभहरूको साथ संयुक्त रूपमा, कुल लागत पहिले नै दुई खर्ब १९ अर्ब यूरो, वा जीडीपीको दसौं भाग पुगिसकेको जियोर्जिया मेलोनी नेतृत्वको सरकारले बताएको छ ।

इटालीपछि हङ्गेरी र रोमानियाले गत वर्ष ईयूमा सबैभन्दा बढी ६.७ प्रतिशत र ६.६ प्रतिशत घाटा व्यहोरेको युरोस्टाटले सोमबार जनाएको छ ।ईयूका एघार सदस्य राष्ट्रले कुल गार्हस्थ्य उत्पादनको ३.० प्रतिशतभन्दा बढी घाटा व्यहोरेका छन् ।

इटालीको सार्वजनिक ऋण गत वर्ष कुल गार्हस्थ्य उत्पादनको १३७.३ प्रतिशत थियो । यो घाटा प्रतिशत ग्रीसपछि ईयूमा सबैभन्दा बढी १६१.९ प्रतिशत हो ।युरोस्टाटका अनुसार सन् २०२२÷२१ मा इटालीमा ईयूको सबैभन्दा बढी घाटा थियो, यद्यपि सन् २०२० मा स्पेन सूचीको शीर्ष स्थानमा पुगेको थियो ।


प्रतिक्रिया